साउन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।
प्रधानमन्त्री प्रचण्डले शनिबार नै ओलीलाई फोन गरेका थिए । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुगेका थिए । उनीहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक बोलाउने विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
त्यस्तै दुई नेताबीच संसद्को अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ। नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद् अवरोध गर्दै आएको छ। गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन।
प्रतिनिधि सभाको अर्को बैठक भोलि सोमबारलाई तय भएको छ। भोलि पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका हुन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८