साउन १६ । डेंगु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ। तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ। सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।
उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो। यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको पाँच दिनमा त्यो सङ्ख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८