बि.पी.भट्ट,सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगरप्रमुख (पुर्व मेयर)डा.कृष्ण पौडेलको हिन्दुधर्मको जातिय रितिरिवान अनुसार दुधौरा खोलमा शुक्रबार अन्त्यष्टि गरिएको छ । छोरा सुफल पौडेलले पुर्व मेयर डा.कृष्ण पौडेलको चितामा राखिएको पार्थिव शरिरलाई दागबत्ती दिएका थिए । पौडेलको एक छोरा र एक छोरी रहेको छ । पौडेलका छोरी सफलता र छोरा सुफल नेपालमैं उच्चशिक्षा अध्ययन गरि राखेका छन् ।
वि.स.२०२९/११/१० गते जन्मिनु भएका पुर्वमेयर डा.कष्ण पौडेलको २०८०/०६/२५ गते सिमरा स्थित आफ्नै घरको कोठामा हृदयघात भई उनको ५१ बर्षको उमेरमा असामायिक निधन हुन पुगेका थिए । अन्त्यष्टि गरिनु अघि शुभचिन्तकहरुले सिमरामा श्रद्धाञ्जली सभाको आयोजना गरी पौडेलको पार्थिव शरिरमा फुल,माला र अविर अर्पण गरिएको थियो ।
सभामा बारा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान), एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधी सभा सदस्य अच्युत मैनाली, एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल, जीतपुरसिमरा उपमहानगरपलिकाका मेयर राजन पौडेल,उपमेयर भोला अधिकारी, उपमहानगरपालिकाका वडाअध्यक्षहरु लगायतका जनप्रतिनिधीहरु,बिभिन्न पार्टीका नेताहरु,बिभिन्न संघसंस्थाका ब्यक्ति तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
असोज २५ गते करिब ७ बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित रहेको पौडेल आफ्नै घरमा मृत फेला परेका थिए । प्रहरीको टोलीले घटनाको प्रभारम्भिक अनुसन्भान समेत गरी सकेको छ । बिरगंज स्थित नारायणी अस्पतालमा पौडेलको शवको पोष्टमार्टम गरिपछि परिवारले शव बुझेर जातिय रितिरिवाज अनुसार अन्त्यष्टि गरेको हो ।
सहकारी विज्ञ तथा अभियान्ता समेत रहेका पौडेल नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासी कृष्णब्रत सिं लाई पराजित गर्दै प्रथम मेयरको रुपमा निर्वाचित भई मेयर हुनु भई ५ बर्षको कार्यकाल पुरा गर्नु भएको थियो । सहकारी क्षेत्रमा पि.एच.डी गरेका पौडेल चार्टर एकाउण्टेन समेत थिए । दुधौरा खोलामा पौडेलको हजारौं शुचचिन्तकहरुको उपस्थिती देखिन्थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८