सिमरा, बारा । संसारभरका हिन्दुहरूको महान् चाड बडादशैं २०८० आजबाट सुरु भएको छ । बडादशैंको अवसरमा बारा क्षेत्र नं.४ का प्रतिनिधी सभासदस्य कृष्ण कुमार श्रेष्ठ(किसान)ले आफ्नो सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहने नेपालीहरुलाई सुभकामना ब्यक्ति गर्नु भएको छ ।
उहाँले सुभकामना दिंदै यस्तो लेख्नु भएको छः “नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” । भनेर सुभकामना ब्यक्त गर्नु भएको छ ।
दशैं सुरुभए देखि एक आपसमा बडादशैंको सुभकामना आर्दनप्रदान गर्ने,दुर्गा भवानीको पुजा गर्ने,बडा मान्यजनको हातबाट टिका ग्रहण गरी हर्षोउल्लासको साथ दशैं पर्व मनाईने गरिन्छ ।
हरेक आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ औपचारिक रुपमा आजबाट सुरु भएको हो । घटस्थापना गरिए सँगै आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिएको छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । १५ दिनसम्म दशैं पर्व मनाउने चलन रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८