काठमाडौं । नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको २३०औं सञ्चालक समिति बैठकबाट पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेका हुन् ।
पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि समेत छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्धित कम्पनी हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८