काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बैंकले १० वर्ष अवधिको ‘एनआइएमबी ऋणपत्र २०९०’ जारी गर्न अनुमति पाएको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पनि पाइन्छ ।
प्रति इकाई १ हजार रुपैयाँका दरले ४० लाख ४० हजार इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । कुल बिक्रीको अनुमति पाएको मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी २४ लाख २४ हजार इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८