काठमाण्डौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रको एकरदुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहनेछ । देशका अरु ठाउँमा बदली भएको मौसम भोलिदेखि हल्का सुधार हुँदै आउने अनुमान गरिएको छ ।
काठमाण्डौमा पनि अहिले मौसम बदली नै देखिएको छ । हिजोको तुलनामा आज न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले बढेको छ । हिजो ५ दशमलव ६ डिग्री रहेको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद् गोविन्द झाका अनुसार केही दिनयता काठमाण्डौं उपत्यकाको न्यूनतम तापक्रम एक/दुई डिग्री तलमाथि भइरहेको छ । केहीदिन मौसम यस्तै अवस्थामा रहनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८