काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले मंसिर १० गतेदेखि १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयरमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिने छ । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८