काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १२ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस २२ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्र्कय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८