काठमाडौं । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बने ।
अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप समेत लगाइएको थियो ।
टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका परिवारद्वारा सञ्चालित समूहका संस्थापक गौतम अडानीको व्यक्तिगत सम्पत्ति करिब ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उनको व्यवसाय दुवैले ती घाटामध्ये अधिकांशलाई कम गरेका छन् ।
ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यो साता अडानीको कूल सम्पत्ति करिब सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उनको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवैजना अहिले विश्वको १२औँ र १३औँ सबैभन्दा धनी व्यक्ति भएका छन् ।
भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस साता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको सेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।
“सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जीत भएको देखाएको छ”, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।”
अल्पकालीन बिक्रेता घर हिन्डनबर्गले कर्पोरेट गलत कामहरूलाई मात्र नहेरी घट्दो सेयरमा बाजी लगाएर पैसा पनि कमाउँछ । अडानीले गत वर्ष आफ्नो प्रतिवेदनमा ठगीका आरोपहरूलाई अस्वीकार गरेका थिए । उनले अल्पकालीन बिक्रेताहरूको फाइदाका लागि आफ्नो समूहको छविलाई बिगार्ने ‘जानीजानी गरिएको प्रयास’ भनेका थिए ।
प्रतिवेदनअघि अडानी समूहको सयेर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो ।
समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवं हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उनीहरुबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८