बारा । पुर्वमन्त्री तथा सांसद कृष्ण कुमार श्रेष्ठ(किशान)जीतपुरको विनोद लाईन होटलमा आफ्ना शुभेच्छुकहरु संग खाना खादै गर्दा भेटिएका छन् ।
आइतबार राती सांसद श्रेष्ठ जीतपुरको बिनोद लाईन होटलमा विभिन्न ब्यक्तिहरु संग खाना खादै गरेको अवस्था भेटिएका हुन् । निकै सरल स्वभावका पुर्वमन्त्री तथा सांसद श्रेष्ठ जीतपुरको ढावा होटलमा बसेर खाना मात्र खाएनन् उनले आफ्ना शुभेच्छुकहरु सँग जीतपुरसिमराको बर्तमान अवस्था बारे छलफल समेत गरेका थिए ।
छलफलमा सहभागी युवा नेता सन्तोष कुशुवाहाले सांसद श्रेष्ठको सरलताको विषयमा चर्चा गर्नुको साथै बाराले उहाँ जस्तो बिकासको बिषयमा चासो र चिन्तन राख्ने नेता हामी बारा बासीले पाउनु हाम्रो लागि गौरव रहेको बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८