काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले आज सजाय तोक्दै छ ।
चार दिनको निरन्तरको बहसपछि पुस १३ गते जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । दोषी ठहर गर्दै सजाय तोक्न पुस २५ गतेको पेसी तोकेका थिए ।
आजको पेसीले लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने छ । उनीलाई ७ देखि १० वर्षको कैद सजाय हुनसक्ने सम्भावना रहेको कानूनका जानकारहरुको भनाइ छ ।
फैसलामा अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेका कारण सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उनीहरुको भनाइ छ ।
अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम सन्दीपले कसुर गरेको ठहर फैसलामा गरिएको छ । दफा २१९(१),(२),(३)९ङ० मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८