काठमाडौं । तराईको अधिकांश भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।
महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। तराईमा हुस्सु र कुहिरोका कारणले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाइ यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ।
साथै चिसोबाट बच्न समेत आवश्यक उपाय अपनाउन माहाशाखाले सुझाव दिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८