काठमाडौं । कुमारी बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ ।
बैंकले माघ महिनामा मुद्दति निक्षेपमा ८.११ प्रतिशत ब्याजदर दिने जनाएको छ । माघमा न्यूनतम ६.५० प्रतिशत ब्याजदर रहेको छ । यस्तै बैंकले पुस महिनामा अधिकतम ९.३१ प्रतिशत ब्याजदर दिएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । बैंकको निक्षेप ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि क्रमशः घट्दो क्रममा छ ।
मंसिरमा बैंकको आधारदर १०.६६ प्रतिशत रहेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८