काठमाडौं । सुनको भाउ लगातार ४ दिन घटेको छ ।
यो ४ दिनमा सुनको भाउ १२ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ७००-२०० र १०० रुपैयाँले घटेको थियो ।
यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको थियो । साथै, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ ।
बुधबार पनि चाँदीको सोही भाउमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३१.६५ डलरमा र चाँदी प्रतिऔंस २३.०१ डलरमा कारोबार भइरहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८