काठमाडौं । यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जनाएको छ । जिल्ला अदालत सर्लाहीको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ ।
अदालत भित्र बहस चलिरहेको समयमा ठूलो सङ्ख्यामा बाहिर बम्जनका अनुयायीहरु भेला भएका थिए भने अदालत भित्र र बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।
सर्लाहीको लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको थियो । यौन शोषणको मुद्दामा अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न आदेश दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बम्जनलाई मंगलवार बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८