काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।
गत आ.व.को सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार बैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । गत आ.व.को सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७७९ र १ लाख १५ हजार ९४८ रहेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८