काठमाडौं । पोखरामा हुने आहा रारा गोल्डकपमा विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछन् । साथै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ ।
भुटानको पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लबले सहभागिता जनाउने प्रतिबद्धता आइसकेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख खर्च हुने अनुमान गरिएको छ । बचत भएको रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको जनाएको छ ।
सो एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् भने यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व. सूर्यबहादुर केसीको परिवारले साथ दिएका छन् । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ ।
प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उप-विजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखराको रङ्गशालामा हुने जनाइएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८