काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी आवेदन दिने आइतबार (पुस २९ गते) अन्तिम दिन रहेको छ । आइतबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागीता हुनेपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि सो आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोषले रहेका छन् । यसअघि नै कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो भने सर्वसाधारणका लागि छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो ।
उक्त्त अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८