काठमाडौं । सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
आइतबार दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएका थिए । वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकापसमा ठोक्किएको थिए ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने स्कार्पियोका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८