काठमाडौं । चौथो संस्करणको टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलि सोमबारदेखि पोखरामा सुरु हुँदैछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा हुने उक्त्त प्रतियोगिता माघ ६ गतेसम्म हुनेछ।
प्रतियोगितामा २ विदेशीसहित नेपाली टिमले सहभागिता जनाएका छन् । महिलातर्फ भारत हरियाणा पुलिस क्लब र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले विदेशी टिमको प्रतिनिधित्व गर्नेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोटर्स क्लब र महिलातर्फ एपिएफ, न्यु डायमन्ड युथ स्पोटर्स, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागिता जनाएको अध्यक्ष शर्माले जानकारी दिए ।
प्रतियोगितामा दुवैतर्फ विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ । उपबिजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रोले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
दुवै इभेन्ट तर्फका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८