काठमाडौँ । सामुदायिक विद्यालयहरुलाई प्रगति प्रतिवेदन पेस गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको छ ।
महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले बुधबार एक सूचना जारी गर्दै सुन्दर विद्यालय परियोजना अन्तर्गतको बजेट खर्च गरी माघ २१ गतेभित्र प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।
महानगरले सामुदायिक विद्यालयको वातावरण सफा, सुन्दर र कलात्मक बनाउन सुन्दर विद्यालय परियोजना अन्तर्गतको पहिलो चरणको बजेट निकासा गरेको थियो ।
बजेट निकासाका क्रममा महानगरको शिक्षा विभाग र विद्यालयबिच भएको सम्झौता र उपलब्ध गराइएको नर्म्स बमोजिम निकासा बजेट नियमानुसार खर्च गरी अनिवार्य रुपमा प्रगति प्रतिवेदन पेस गर्न महानगरले निर्देशन दिएको हो । यस्तै महानगरले दोस्रो चरणको बजेट माग गर्न पनि आग्रह गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८