काठमाडौं । व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यका साथ उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ ।
संघले यही माघ २६ गतेबाट फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो ।
संघले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी जिल्ला तथा समग्र कर्णाली प्रदेशको पर्यटन तथा व्यापार प्रवर्धनको उद्देश्य सहित व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको छ।
३०० भन्दा बढी व्यापारिक स्टल रहने मेलामा कृषि उत्पादन, बिउबिजन तथा मलखाद, घरेलु उद्योगबाट उत्पादित छालाजन्य वस्तु, गार्मेन्ट, गलैँचासहित सूचना प्रविधि सम्मका स्टल र प्रदर्शनीस्थल रहने उद्योग वाणिज्य संघ दैलेखले जनाएको छ।
१० दिनसम्म चल्ने व्यापार मेला एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने संघले अनुमान गरेको छ।
मेलामा जिल्लाका सबैजसो स्थानीय तहसमेतको संलग्नता रहनुका साथै दैलेख धार्मिक पर्यटकीयस्थलसमेत रहेकाले महोत्सवमा विभिन्न जिल्लाबाट ठूलो संख्यामा मानिस आउने आयोजकको दाबी छ।
नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेखसमेत रहेको र विभिन्न जातजातिको उद्गमस्थलको रूपमा चिनिने यो जिल्लामा मेलाको अवसरमा घुम्न जानेका लागि विभिन्न प्याकेजमा अवलोकन भ्रमणको व्यवस्था पनि मिलाएको जनाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८