काठमाण्डौं । बाराको सिमरामा रहेको होटल इच्छाले राजस्व छलिमा ब्रमलुट गरेको पाईएको छ । ५ तारे होटलमा राजस्व छल्नको लागि ४ तारे होटलले सञ्चालन गर्ने मिनि क्यासिनोको अनुमती लिएर अबैध रुपमा क्यासिनो सञ्चालन गरि ब्रमलुट गरेको पाईएको छ ।
मिनि क्यासिनो आधुनिक मेसिन र उपकरणले मात्र खेल खेलाउन पाईन्छ तर ५ तारे होटल इच्छाले अबैधरुपमा मान्छेले खेलाउने खेल रोलेट,बख्रा,किट्टी,म्यारिज,फ्रास जस्ता खेलहरु खेलाई राखेको छ । मान्छेले खेलाउने खेल मिनि क्यासिनोले खेलाउन पाउँदैन ।
मिनि क्यासिनोको अनुमति लिएर होटल इच्छाले अबैध तथा गैह्रकानुनी कारोवार गरि राखेको छ । यसबाट होटलले क्यासिनो संचालन वापत सरकारलाई बुझाउनु पर्ने करोडौंको राजस्व समेत छलि गरि राखेको छ । होटलले मनोरञ्जन वापत जीतपुरसिमरा उपमहानगरपालिका समेतलाई राजस्व बुझाएको छैन ।
क्यासिनो नियमावली २०७० को नियम ३४ बमोजिम क्यासिनो कारोवारको प्रतिवेदन सम्वन्धित निकायलाई बुझाउनु पर्ने भएपनी होटल इच्छामा स्माइल कलेक्सन प्रा.लि.ले सञ्चालन गरेको क्यासिनोले वेवास्ता गरी शक्ति र राजनैनितिक आडमा कुनैपनी प्रतिवेदन नबुझाएको र सुचना अध्यावधिक समेत नगरेको पाइएको छ ।
होटलले आर्थिक वर्ष २०८०/८१ को पौष मसान्तभित्रै बिभागलाई बुझाउनुपर्ने रोयल्टी बुझाउन बाँकी देखिएको छ । कुनैपनी क्यासिनो कम्पनीले संचालनको अनुमती दिने पर्यटन बिभागलाई वर्षको तिन किस्तामा रोयल्टी बुझाउनुपर्ने नियम छ । सो रकम हालसम्म समेत बुझाउन बाँकी रहेको बिभागका निर्देशक काली बहादुर भुजेलले जानकारी दिए ।
‘स्माइल कलेक्सनले पौषभित्रै बुझाउनु पर्ने ४० प्रतिशत रोयल्टी बुझाउन आएको छैन, प्रायले बुझाइसकेका छन् ।’ , उनले भने, ‘अव १५ प्रतिशत जरिवाना समेत लिएर रोयल्टी लिन्छौँ, दोश्रो किस्ता समेत बुझाउन नआए अनुगमन गरी कारवाही गछौँ । ’
उनले नियम बिपरित आधुनिक मेसिन प्रयोग नगरी खेल खेलाएको बारे बिभागको ध्यानाकर्षण भएको भन्दै सो बारे तुरुन्त अध्ययन अनुगमन गर्ने समेत बताए । तर होटल सञ्चालकले पर्यटन बिभागलाई प्रभावमा पार्ने र अनुगमन आउन लागेको सुचना बिभागको कर्मचारीबाट पहिले सुचना लिने र अनुगमनमा आउने बितिकैं सबै ठिक पारेर देखाउने गर्नुको साथै टोलीलाई मोटो रकम दिएर फकाउने गरेको छ ।
कुनै खेलाडीले क्यासिनोबाट जितेको रकम भुक्तान गर्नुअघि जितेको रकमबाट प्रचलित कानुन बमोजिम लाग्ने कर कट्टी गरेर मात्रै रकम भुक्तान गर्नुपर्ने र सोको प्रतिवेदन ७ दिनभित्र बिभागमा बुझाउनु पर्ने भएपनी सो रकम समेत कम्पनीले बुझाएको छैन ।
उपमहानगर र सरकारलाई बुझाउनु पर्ने राजस्व समेत बुझाएन ।
होटल इच्छाले सञ्चालन गरेको क्यासिनो कम्पनीले जीतपुरसिमरा उपमहानगरपालिका लाई बुझाउनु पर्ने मनोरञ्जन कर समेत तिर्न बाँकी रहेको पाइएको छ । गत आर्थिक बर्षदेखीकै कर समेत तिर्न बाँकी राखी शक्तिको आडमा सो क्यासिनो सञ्चालन गर्दै आई रहेको छ ।
क्यासिनोमा प्रवेश गर्ने हरेक खेलाडीले दिने प्रवेश शुल्कको ५ प्रतिशत रकम उपमहानगरलाई तिर्नुपर्ने व्यवस्था रहेको उपमहानगरका राजश्व शाखा प्रमुख रमेश सुवेदीले बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षदेखीकै लाखौँ रकम बुझाउन बाँकी रहेको छ । सो क्यासिनालाई पटक–पटक ताकेता पत्र पठाउँदा समेत रकम बुझाउन नआएको सुवेदीले जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८