काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले यहि माघ ५ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर तोकेको हो ।
बैंकको सूचना अनुसार अब साधारण बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । साधारण बचत खातामा १.५० प्रतिशतदेखि ३.२५ प्रतिशत, विशेष बचतमा २.०० प्रतिशत, सुपर बचतमा २.५० प्रतिशतदेखि ३.०० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ।
यसैगरी सहकारी बैंकले एनसीसीएल समुन्नत बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ३.२५ प्रतिशत, एनसीसीएल प्रिमियम बचतमा २.७५ प्रतिशतदेखि ३.२५ प्रतिशत, अनिवार्य नियमित बचतमा ८.०० प्रतिशत र क्रमिक बचतमा ७.०० प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म ब्याजदर दिनेछ ।
मुद्दती निक्षेप (फिक्स डिपोजिट) तर्फ भने बैंकले न्यूनतम ५.०० प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
कर्जातर्फ राष्ट्रिय सहकारी बैंकले विभिन्न शीर्षकमा ७.०० प्रतिशतदेखि १०.५० प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ ।
सूचना अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ भने लघुवित्त कर्जा, गरिबी निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक रहने छ।
यसका साथै, मुद्दती निक्षेपको बिड रेट ६.५० प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने तर यस्तो सुविधा दोहोरो हुने गरी प्रदान गर्न नसकिने समेत बैंकले सूचनामार्फत जानकारी गराएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८