काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा आइपुग्दा १८ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।
यो साताको आइतबार सुनको मूल्य बढेर सुरु भएको थियो । यस्तै, सोमबार र मंगलबार घटेर कारोबारमा आएको सुनको मूल्य विहीबार पनि घटेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा सामान्य अंकले बढेसँगै समग्रमा गत साताको तुलनामा ६०० रुपैयाँको गिरावटसँगै सुनको कारोबार रोकिएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो । जुन, यो साता १३ सय ९५ रुपैयाँमा पुगेको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८