काठमाडौं । दाङको तुलसीपुरमा पहिलो पटक थारू संस्कृति तथा खाना प्रदर्शनी भएको छ। थारू समुदायको परम्परागत खाना, कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारू संस्कृति तथा खाना प्रदर्शनी भएको हो ।
प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । सो प्रदर्शनीमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिकाका विभिन्न स्थानका थारू समुदायहरूले थारू एकल र समूहगत नृत्य प्रतियोगिता, थारू खानाको प्रदर्शनी, उद्यमीहरूले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शनी गरेका थिए।
थारू कला संस्कृतिको जगेर्ना र खानाहरूको प्रचार प्रसारमा टेवा पुर्याउन थारू संस्कृति तथा खाना प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका मूल आयोजक समितिले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८