काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामै बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ। गत आ.व.को दोस्रो त्रैमासिकको तुलनामा यो २६.५७ प्रतिशत कम हो । गत आ.व.को सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याजको आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
यसका साथै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।
३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ। यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८