काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ गतेबाट सुरु हुने भएको छ । आइतबार (आज) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार बिचमा चैत ११ र १२ गते होली पर्व परेकाले त्यसपछि सुरु गरी निर्णय गरिएको हो । बोर्डको बार्षिक कार्यतालिमा चैतको पहिलो साताबाटै परीक्षा सुरु गर्ने उल्लेख भएता पनि होलीको बिदा परेको कारण परीक्षा मिति सार्नुपरेको हो ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।
यस वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८