
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ। सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार “काठमाडौंमा २०८० र सन् २०२४ मा यो वर्षको तापक्रम अहिलेसम्मकै कम रहेको हो ।
यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २० गते मापन गरिएको थियो । पुस २० गते (शुक्रबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको थियो ।
महाशाखाका अनुसार, हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको शनिबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो ।
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.८, डडेलधुरा, वीरेन्द्रनगर र ताप्लेजुङको समान ३, दिपायलको ३.१ डिग्री सेल्सियस मापन गरिएको छ । आजको दिन सार्वजनिक १६ ठाउँको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम हो ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८