काठमाडौं । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा नवलपुरको राइजिङ स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम ८ मा प्रवेश गरेको हो ।
आर्मीका लागि कप्तान भरत खवासले २७ औँ मिनेटमा गोल गरे । उनकै गोल आर्मीको जितमा पर्याप्त भयो । निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भएका छन् ।
बिहीबार मच्छिन्द्र क्लब र जावलाखेल क्लबबिच तेस्रो प्रिक्वाटर फाइनल खेल हुनेछ । प्रतियोगिताका विजेताले १२ लाख १ हजार र उप-विजेताले ६ लाख १ हजार पुरस्कार समेत पाउने छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८