काठमाडौँ । सुन्दर धितालको परिकल्पना तथा निर्देशन रहेकाे नाटक ‘समयको पीडा’ (आज) माघ १० गतेबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन सुरु भएको हो।
कलाशी प्रोडक्शन हाउस प्रा.ली.को प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको कलाशी प्रोडक्शन हाउस प्रा.ली. जनाएकाे छ । प्रा.ली.का अनुसार नाटकमा रोजगारी लागि नेपालबाट विदेसिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा आमाको पीडालाई समेत नाटकमा समावेश गरिएको छ ।
कथा कक्षा नौ को अनिवार्य नेपाली विषयमा समावेश समय पीडा रहेको छ । माघ १० गतेदेखि २२ गतेसम्म नाटक मञ्चन हुने कलाशी प्रोडक्सन हाउसले जनाएको छ ।
नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), शन्कर पोख्रेल (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहेका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८