काठमाडौँ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूको लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्ने भएको हो ।
आईपीओ जारी गर्नका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि. तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे। पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधुत आयोजना रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८