काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्।
मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यमा अन्यतर्फ गठबन्धनको नेपाली कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी निर्वाचित भएका हुन्।
कुल मतभार १० हजार आठ सय ३९ मा सात हजार तीन सय ७० मत प्राप्त गर्दै ढुंगाना निर्वाचित भएका छन्। यस्तै चौधरीले सात हजार नौ सय २३ मत प्राप्त गरेर निर्वाचित भइन्।
निर्वाचनमा नेकपा एमालेले दुवै समूहतर्फ उम्मेदवारी दिएको थियो भने सत्ता गठबन्धनकै जनमत पार्टीले अन्यतर्फ उम्मेदवार बनाएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८