मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणनामा महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी हुन् ।
उनले छ हजार छ सय २२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार प्राप्त गरिन् ।
यसका साथै, दलिततर्फ नेकपा (एकीकृत समाजवादी) का धनश्याम रिजाल विश्वकर्मा विजयी भइन् । उनले छ हजार पाँच सय १२ मतभारत प्राप्त गर्दा नेकपा ९एमाले०का ध्रुवराज विश्वकर्माले तीन हजार ५३ मतभारत प्राप्त गरे।
यसैगरी, अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभारत प्राप्त गरी विजयी हुँदै गर्दा नेकपा ९एमाले०का त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार प्राप्त गरे ।
साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गर्दा नेकपा (एमाले) का विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार प्राप्त गरे ।
मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय ४२ जनाले सहभागिता जनाए। तीन सय ४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभाका दुई र स्थानीय तहका तीनजना गरी पाँचजना प्रतिनिधिको भने सहभागिता रहेन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८