काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८