काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस पुगेको छ। शनिबार बिहान पौने ९ बजेको तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको हालसम्मकै कम तापक्रम भएको जनाएको छ । विभागका अनुसार यसअघि शनिबार बिहानको तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो।
बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस थियो। तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८