काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेलमामा सशस्त्र प्रहरीको एपिएफले गण्डकी प्रदेशलाई हराएको छ। आज खेलमा एपिएफले गण्डकीमाथि ८८ रनको जित निकालेको हो।
जितका लागि एपिएफले दिएको २०८ रनको लक्ष्य पछ्याएको गण्डकी ३३.४ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो। गण्डकीका लागि समीर कँडेलले सर्वाधिक ३३ रनको योगदान गरे। ईश्वर क्षेत्रीले २८ तथा करण पंगेनीले व्यक्तिगत १६ रन जोडे। मुस्कान थापाले ७ तथा अश्वानी रानाले १ रन बटुल्दा रमेश कुर्मीले खाता नै खोल्न सकेनन्।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको एपिएफ ४७.२ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटियो। एपिएफका लागि लोकेश बमले सर्वाधिक ५० रनको योगदान गरे। भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ तथा पुरन विकले ३० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
जितसँगै एपिएफले ८ अंक जोडेको छ। आजै भएको अर्को खेलमा लुम्बिनीलाई ६ विकेटले हराउँदै बाग्मती दोस्रो स्थानमा उक्लिएको छ। जितका लागि लुम्बिनीले दिएको १०७ रनको लक्ष्य बाग्मतीले १७.२ ओभरमा ४ विकेट गुमाएर भेटायो। बाग्मतीका लागि ईशान पाण्डेले सर्वाधिक ५० रनको योगदान गर्दै अर्धशतक पूरा गरे।
कप्तान ऋत गौतमले २४ तथा आशुतोष घिरौयाले १४ रन जोडे। त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङमा तानिएको लुम्बिनी ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमा समेटियो। लुम्बिनीका सुशान्त थापाले सर्वाधिक २८, निर्मल गुरुङले २७ र प्रज्वल थापाले १४ रन जोडे। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सूर्य तामाङले सर्वाधिक ६ विकेट लिए।
जितसँगै दोस्रो स्थानका लागि बाग्मतीले १२ अंक जोडेको छ। समान अंकको पुलिस शीर्ष स्थानमा छ। सो प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन्। कीर्तिपुरमा हुने खेलमा कर्णाली र आर्मी तथा मूलपानीमा हुने अर्को खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८