काठमाडौ । काठमाडौँ उपत्यकामा आज यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४।९ डिग्री सेल्सियस, नेपालगन्जको ८।४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तत्काल वर्षको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८