काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै २८ दिने ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको जनाएकाे छ। यी ट्रेजरी क्रमशः २०८१ वैशाख १८ गते, २०८१ साउन १५ गते र २०८१ माघ १५ गते पूरा हुनेछन्।
साथै यो ट्रेजरी बिल माघ १६ गतेबाट जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार माघ १५ गते दिउँसो २ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८