काठमाडौँ । लक्ष्मी सनराइज बैङ्क लिमिटेड र अपर सेती हाइड्रो प्रा.लि.बिच सम्झौता भएको छ ।
कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविधुत आयोजना निर्माण गर्न बैङ्क र उक्त कम्पनीबिच सम्झौता भएको हो ।
सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
अपर सेती हाइड्रोले माघ १७ मा विधुत विकास विभागबाट आयोजना निर्माणको लागि विधुत उत्पादनको अनुमति पत्र लिनुका साथै गत आश्विन १० मा नेपाल विधुत प्राधिकरणसँग विधुत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा नेपालको व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैङ्क एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धकरसंस्थापकहरूको लगानी रहने छ ।
लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैङ्कको योजनालाई अझ सार्थक बनाउनेछ ।
२० मेगावाट क्षमताको सो आयोजना निमार्णपश्चात वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विधुत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैङ्कको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैङ्कको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८