बि.पी भट्ट, काठमाण्डौं । नेपालमा विश्वकैं सबैभन्दा ठुलो धार्मिकस्थल धाम बनाउन सकिने र कहाँ बनाउँदा उपयुक्त हुन्छ त्यसको खोजी गरिनु पर्ने नेता माधव कुमाार नेपाल बताउनु भयो । पुर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले नेपाल धार्मिक उदग्मस्थल भएकोले हाम्रो देश नेपाललाई चिनाउने गरी देशभरीका प्रमुख देवी–देवताको र धार्मिक पर्यटकीय धामको निर्माण गर्नु पर्ने बताउनु भएको थियो ।
काठमाडौं तारकेश्वर नगरपालिकामा आयोजना भई रहेको बिराट ज्ञान महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी समेत रहनु भएका नेपालले यस्तो बताउनु भएको हो । नेपालको सातै प्रदेशमा रहेको प्रसिद्ध धार्मिकस्थलको नाम उच्चारण गर्दै सबै धर्म,धार्मिकस्थल,धाम,म्युजियम बनाउनु पर्ने नेता नेपालले बताउनु भयो ।
उहाँले केही दिन अगाडी आचार्य बालकृष्ण सँगको भेटमा आफुले नेपालमा देशभरीका प्रमुख र प्रसिद्ध देवीदेवता तथा धार्मिकस्थलको एउटै थलो बनाएर विश्वका लाखौं पर्यटकलाई भित्र्यान प्रस्ताव गरेको बताउनु भयो । आचार्य बालकृष्ण समेतले धेरै राम्रो प्रस्ताव गर्नु भएकोले यसको लागी नेपालले योजना बनाएमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धा ब्यक्ति गर्नु भएको भनि बताउनु भएको थियो ।
नेपाल हिन्दु र बौद्ध धर्मको उदग्मस्थल भएकोले धार्मिकस्थल तथा सम्पदाको रक्षा गर्नु पर्ने र चौतर्फी बिकास गर्नु पर्नेमा नेता नेपालले जोड दिनु भएको थियो । उहाँले आफु प्रधानमन्त्री हुदाँ लुम्बीनीको बिकासमा विश्व बैंकलाई प्रस्ताव गरेर बुद्धको जन्म भएको स्थानबाट बुद्धलाई बोकेर हिनेकी बुद्धको आमा मायादेवीको नामबाट मायादेवी मार्ग बनाउने प्रस्ताव गरेको र अहिले उक्त पदमार्गको काम भई रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा बारा क्षेत्र नं.४ का साँसद कृष्ण कुमार श्रेष्ठ(किसान)ले तारकेश्वर महादेव मन्दिरलाई विश्वसम्पदाको सुचीमा राखिनु पर्ने बताउनु भएको थियो । उहाँले आफु तारकेश्वर महादेवको अनुयायी भएकोले यसको चौतर्फी बिकासमा तारकेश्वर नगरबासी सँग लाग्ने बताउनु भयो ।
साँसद श्रेष्ठले महायज्ञलाई आफ्नो ब्यक्तिगत तर्फबाट रु.५१,१११/– सहयोग गर्ने प्रतिवद्धा समेत ब्यक्त गर्नु भएको थियो । तारकेश्वर नगरपालिकामा भई रहेको विराट ज्ञान महायज्ञका प्रमुख वाचक श्री गुरु नारायण चतुब्र्यूह हुनु हुन्छ ।
उहाँले समाजवाद भनेको समाजमा मिलेर बस्नुनैं समाजवाद भएको बताउनु भयो । गुरु नारायण चतुब्र्युह ज्युले प्रमुख अतिथी,बिशिष्ट अतिथी,अतिथीहरुलाई मञ्चमा राखेर केही समय प्रवचन समेत सुनाउनु भएको थियो । पौराणिक तारकेश्वर महादेव मन्दिरमा शिव महापुराण तथा बिराट ज्ञान महायज्ञ २०८० माघ ११ गतेबाट सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुने आयोजक कमिटीले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८