काठमाडौँ । भारतको पटनामा आयोजित पूर्वी क्षेत्रीय पिकलबल प्रतियोगितामा नेपालले ३ स्वर्ण पद जितेको छ । पिकलबल एसोसिएसन बिहारले आयोजना गरेको प्रतियोगितामा नेपालले कुल १० पदक हात पारेको छ।
जनवरी २६ देखि ३० सम्म आयोजित प्रतियोगितामा पिकलबल एशोशिएसन नेपालको तर्फबाट ७ खेलाडीले सहभागिता जनाएका थिए। महिला एकल १९ माथीको उमेर समूहमा स्वस्तिका महर्जन, महिला एकल ३५ वर्ष माथिको उमेर समूहमा चन्द्रमाया राई, पुरुष डबल्स ५० माथिको उमेर समूहमा पूर्व कर्णेल फत्तेबहादुर खड्का र जोनबादुर माकजुले स्वर्ण पदक जितेका हुन् ।
पुरुष डबल ३५ माथिको उमेर समूहमा जोन कुमार माकजु र मनोज कुमारले रजत पदक हासिल गरे । मनोजकुमार र चन्द्रामाया राईले मिक्स डबल्स ३५ वर्षमाथिको उमेर समूहमा रजत पदक हासिल गरेको पिकलबल एसोशिएसनले जनाएको छ ।
फत्तेबहादुर खड्काले एकल ५० वर्षमाथिको उमेर समूहमा कास्य पदक, महिला डबल्समा स्वस्तिमा महर्जन र चन्द्रमाया राईले कास्य पदक, पुरुष डबल्समा ३५ वर्षमाथिको उमेर समूहमा जोनकुमार माकजु र मनोजकुमारले कास्य पदक हासिल गरेका छन् । प्रतियोगितामा भारतका पूर्वी क्षेत्रका ७ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८