काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।
बैंकले बढ्दै गईरहेका जाडो मौसमलाइ मध्यनजर गरेर आर्थिक अवस्था कमजोर भएका कोशी प्रदेशको उदयपुर जिल्ला स्थित श्री आधारभुत विद्यालय (ECD-8) सिवाई बेल्हा, श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थहरुलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरु वितरण गरेको हो।
यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्ला स्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरुलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको बैंङ्कले जनाएकाेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८