काठमाडौ। डा.प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्स (सीए)लाई प्रवेश गराउन सकारात्मक रहेको बताए ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सलाई प्रवेश गराउन सकारात्मक रहेको बताए।
“चार्टर्ड एकाउण्टेन्सले पेसागत कर्तव्यपालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर, धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ”, उनले भने, उहाँले आफ्नो प्रतिज्ञा सम्झिएपछि धेरै कुरा समाधान हुने पनि बताए ।
“लेखा र चार्टर्ड ठीक हुनेबित्तिकै धेरै कुरा ठीक ठाउँमा आउँछन। बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन प्राविधिक समस्याका कारण हो भन्ने आधारमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टर्ड एकाउण्टेनलाई प्रवेश गराउनुपर्छ ।”
उनले सार्वजनिकदेखि निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउँदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८