काठमाडौँ । पनौतीबाट काठमाडौँ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको बसलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।
काठमाडौँ आउँदै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बा प्र-०१-००६ ख २९९७ नम्बरको मयूर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सिरमेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ।
पाँचखाल नपा-६ की २४ वर्षीया नवीना दनुवार र नमोबुद्ध नपा-५ की २० वर्षीया करुणा भुजेलको उपचार भइरहेको छ।
काभ्रे जिल्ला नमोबुद्ध न.पा.-३ की ३६ वर्षीया वाङ्जु लामा‚ उनकी ११ वर्षीया छोरी फुर्सङ लामा र ९ वर्षीय छोरा समर्पण लामा दाहिने सामान्य उपचारपछि घर फर्किएका छन्।
बस र बसचालक इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८