काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमता भएको दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा कम्पनीले दुई वटा एटिआर ७२–५०० विमान थपेको हो। दुवै विमान आज (विहिबार)साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ।
यतीले एकैपटक दुई विमान थपेको हो। यो सँगै यतीसँग एटीआर–७२ विमान संख्या सातवटा पुगेको छ।
आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ। एकसाताभित्रै विमानले उडान गर्ने पनि जनाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८