काठमाडौं । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा आज (बिहीबार) सम्पन्न खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै आर्मीले उपाधिका लागि थ्रीस्टार क्लबसँगको भेट पक्का गरेको हो।
रसबहादुर मगरको निर्णायक गोलमा आर्मीले पाँचौँपटक आहा राराको फाइनलमा स्थान बनाएको हो।
निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट १/१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। आर्मीका रसबहादुरले अतिरिक्त समयको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।
आर्मीले शनिबार हुने फाइनलमा पाँचपटकको विजेता थ्रीस्टार क्लबको सामना गर्नेछ। पाँचौँपटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन।
खेलमा अग्रता आर्मीले लिएको थियो। ६१ औँ मिनेटमा दिनेश हेन्जनले फ्री किकमा गोल गर्दै आर्मीलाई १ गोलको अग्रता दिलाए। प्रतियोगितामा दिनेशको यो तेस्रो गोल हो। उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको भीडमा अग्रस्थानमा छन्।
खेलको ८३ औँ मिनेटमा समीर तामाङको गोलबाट चर्च ब्वाइज खेलमा फर्कियो। ९० मिनेटपछि अतिरिक्त समयमा गएर गोल खाँदै आर्मीले पहिलोपटक उपाधि जित्ने अवसर बनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८