काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। यसैको प्रभावस्वरूप बिहीबार पश्चिम नेपालमा वर्षा भएको थियो। काठमाडौं र आसपासका केही जिल्लाका साथै तराई–मधेशमा समेत हल्का पानी परेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८