काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खाँदा १७ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
घाइते मध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। घाइते मध्य १ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८